गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा « Khabarhub

गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आइतबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइएको छ ।

शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरूको देनलाई स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ ।

गुरु पूर्णिमाका अवसरमा काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ सेवाश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

हिन्दु धर्मावलम्वीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म जयन्तीलाई गुरुपूर्णिमाका रूपमा मनाउने गरेका हुन् ।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ ।

हिन्दु मान्यताअनुसार सङगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन् ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको मुक्तिपीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए  ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ०४ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण