संसद्‍मा प्रश्न- ७० वर्ष कटेकालाई राष्ट्रिय परिचयपत्र किन ? « Khabarhub

संसद्‍मा प्रश्न- ७० वर्ष कटेकालाई राष्ट्रिय परिचयपत्र किन ?


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न खोजेपछि संसद्‌मा यसविरुद्ध आवाज उठेको छ ।

सत्तारुढ नेकपा (एमाले) का सांसद् एवम् पूर्वमन्त्री रघुजी पन्तले ७० वर्ष माथिका वृद्धवृद्धालाई राष्ट्रिय परिचयपत्र दिने व्यवस्था नै हटाउनुपर्ने बताएका हुन् ।

‘६०/६५ वर्ष नाघेका मानिसहरू; जोसँग नागरिकता छ, उनीहरुलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने किन ?’ पन्तले भने, ‘राष्ट्रिय परिचयपत्र उनीहरुलाई दिऊँ–जसको आयु लामो छ । किनकी एउटा परिचयपत्रमा पनि राज्यको खर्च हुन्छ । जसलाई वृद्धभत्तामात्रै लिनुछ, ती मानिसहरुका लागि राष्ट्रिय परिचयपत्रमा किन जोड दिनुपर्‍यो ? नागरिकता नै पर्याप्त छ ।’

सुरक्षा भत्ताका लागि जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा काठमाडौं उपत्यकामै समस्या भएको गुनासो आइरहेको सांसद् पन्तले बताए ।

उनले थपे, ‘काठमाडौं महानगरपालिकाका १६ नम्बरका कार्यवाहक वडाध्यक्षले भन्नुभयो कि परिचयपत्र लिने कारणले हामीलाई धेरै अप्ठेरो भयो । यो बुढेसकालमा दिनहुँ लाइनमा बस्नुपर्ने, हामीलाई के दुःख आइलाग्यो भनेर भनिराख्नुभएको छ ।’

सरकार र खासगरी गृह मन्त्रालयको ध्यान यसतर्फ यस विषयमा जानुपर्ने पन्तले बताए । सरकारले गलत निर्णय सच्यायो भनेको सुनिएको, तर सच्याएको चिट्ठी नजाँदा समस्या भएको उनले उल्लेख गरे ।

‘पूरानै निर्णय कार्यान्वयन भइरहेको छ, जसले गर्दा देशभरि वृद्धवृद्धाहरूलाई अप्ठेरो भएको छ,’ पन्तले भने, ‘यो साउन महिनाभित्र उहाँहरूले वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र लिनुपर्ने भनिएको छ । यसलाई हटाइयोस् । ७० वर्ष माथिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने विषय व्यवहारिक हुन सक्दैन ।’

यसलाई जनतालाई परेको सामान्य मर्का नठान्न र गृह मन्त्रालयले तुरुन्त सर्कुलर पठाएर यसलाई हटाउन पन्तले आग्रह गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५५ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय