संसद्‍मा प्रधानमन्त्रीको जवाफ : देशमा तीव्र आर्थिक वृद्धि गर्न कांग्रेस-एमाले मिल्यौँ « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ : देशमा तीव्र आर्थिक वृद्धि गर्न कांग्रेस-एमाले मिल्यौँ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले देशमा व्याप्त गहिरो निरासा हटाएर जनतामा आशा र उत्साहको सञ्चार गर्दै देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको दाबी गरेका हुन् ।

‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेको तेस्रो दिन साउन २ गते संसद् सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने जानकारी गराएका थिए ।

उनले संसद् सचिवालयलाई संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मतका लागि साउन ६ मा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिदिन अनुरोध गरेका थिए।

नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदहरुको मत आवश्यक पर्छ ।

नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सरकारमा सहभागिता रहेका कारण संसद्मा प्रधानमन्त्रीसँग सुविधानजनक बहुमत छ ।

सरकारमा सहभागी दलहरुको प्रतिनिधित्व हेर्दा अहिले प्रधानमन्त्री ओलीसँग १७७ मत छ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेससँग ८८, प्रधानमन्त्रीको दल एमालेसँग ७८, अशोक राई नेतृत्वको जसपासँग ७ र महन्थ ठाकुर नेतृत्वको लोसपासँग ४ सांसद छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०३ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।