बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग   « Khabarhub

बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग  


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसले बंगलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहज स्वदेश फिर्ताको वातावरण बनाउन माग गरेको छ ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरूको सुरक्षा एवं इच्छुकहरूलाई स्वदेश फिर्ताको सहज वातावरण निर्माण गरिदिन माग गर्ने निर्णय गरेको हो ।

बैठकले अविरल वर्षाका कारण बाढी डुबान र पहिरोमा परी कयौँ घरपरिवारहरू विस्थापित भएको भन्दै उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरूको खोजी उद्धार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकले बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न कांग्रेसका सबै भातृ र शुभेच्छुक संस्थालाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : २२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि