राजनीति

कांग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाप्त सकेन : प्रधानमन्त्री ओली

By खबरहब

July 21, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापे पनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन् ।

उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउँदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउँमा आएको बताए ।