संविधान संशोधनबारे ओलीको स्पष्टीकरण- देश र जनताको हितमा हुनेछ « Khabarhub

संविधान संशोधनबारे ओलीको स्पष्टीकरण- देश र जनताको हितमा हुनेछ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विकासको बाधक नभई वाहक हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

‘अहिले विकासको मुख्य तगारो अस्थिरता हो। अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ’, उनले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ बाधक होइन ।’

विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुने उनले बताए ।

‘संविधान संशोधनका लागि हामीसँग दुईतिहाइ पुग्छ भने पनि हामी दुईतिहाइले नै गर्ने छौँ, त्यसअर्थमा सकेसम्म सबैले मिलेर संविधान बनाएका हौं । सबैले मिलेर संशोधन गरेका छौँ अहिलेसम्म’, उनले भने, ‘दुईपटक संविधान संशोधन भइसकेको छ । अर्को संशोधन पनि देशको हितमा गर्नेछौँ । जनताको हितको पक्षमा गर्नेछौँ, विकासको निम्ति गर्नेछौँ, सुशासनका निम्ति गर्नेछौँ, जनतालाई सेवा सुविधा उपलब्ध गराउन गर्नेछौँ । गलत बाटोतर्फ देशलाई धकल्न संविधान संशोधन गरिने छैन।’

उनले यस मामिलामा मलाई सिंगो देश एक हुने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ४४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले