देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’ | Khabarhub Khabarhub

देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्ने उद्देश्यले नेकपा एमालेलाई सरकारको नेतृत्वमा ७ महिना ‘बोनस’ दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावी सरकारको नेतृत्व गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्वका लागि ७ महिना ‘बोनस’ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेको दुई शीर्ष नेताहरुका बीचमा भएको सहमतिमा उक्त तथ्य खुलेको छ ।

सहमतिअनुसार २०८३ असारसम्म (२४ महिना) ओलीले सरकारको नेतृत्व गर्ने छन् भने २०८४ को मंसिरमा हुने निर्वाचन अघिका १७ महिना देउवाको नेतृत्व रहने छ ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले सकारको नेतृत्व गर्ने,’ दुई नेताबीच भएको ७ बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले गत असार १७ गते मध्यरात नयाँ सरकार गठनको प्रयोजनका लागि ७ बुँदे सहमति गरेका थिए । सहमति गरेर नयाँ सरकार गठन भइसक्दा पनि सहमतिपत्र सार्वजनिक नगरिएको भन्दै उनीहरु आलोचना खेप्दै आएका थिए ।

कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भइसकेपछि एमालेले तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्य साझेदार एमालेले साथ छोडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेपछि उनले असार २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । तर, संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका थिए ।

उनी पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ३३ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई