कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत गाएपछि हामीलाई झस्कायो « Khabarhub

कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत गाएपछि हामीलाई झस्कायो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यको संकेतले आफूहरूलाई झस्काएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्री ओलीको राजनीतिक त्यागप्रति सम्मान रहेको उल्लेख गरे ।

‘उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग र बलिदानप्रति हामीले कञ्जुस्याँईं नगरी सम्मान गरेका छौं । अहिले पनि सम्मान छ । तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छाला जुत्ताको जग्गाको अनुसन्धान चलिरहेको हुँदाहुँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंकाको विषय बन्यो’, उनले भने, ‘त्यसपछि मन्त्रिपरिषद् बन्यो । जहाँ जहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थी प्रकरणको पुन:अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो, संसद र देशलाई राम्रासँग थाहा छ ।’

उनले जहाँ जहाँ आफूहरूले प्रश्न उठाएको त्यहाँ त्यहाँ पुरस्कार दिइएको बताए । ‘हामीले बालमन्दिरको विषय उठायौं । त्यहाँ पनि पुरस्कार ? बालमन्दिरको विषय उठाइरहँदा मन्त्रिमण्डलमा कस्तो सदस्य जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो’, उनले भने, ‘सभामुख महोदय, मैले यो कुरा भन्नै पर्छ । त्यो मात्रै होइन, स्काउटको विषय हामीले उठायौं, फेरि पनि मन्त्रिमण्डल हेर्यौं, जहाँ जहाँ हामीले प्रश्न उठाएका छौं । त्यहाँ त्यहाँ पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ५८ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार