दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ « Khabarhub

दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आइतबारको संसद बैठकमा उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रबारे उपसभामुख रानामगरको बचाउ गर्दै शाहीमाथि प्रश्न उठाएका हुन् ।

‘यही सदनमा फलानोलाई भिजा दिनुपर्छ भनेर सदनमा मात्र होइन, सडकमा समेत भिजा माग गर्ने मान्छेहरू यहाँ हुनुहुन्न ?,’ अध्यक्ष लामिछानेले राप्रपाका प्रमुख सचेतक शाहीको नाम उच्चारण नगरेरै प्रश्न गरे ।

अमेरिकी दूतावासले भिजा (भिसा) दिन अस्वीकार गरेपछि शाहीले
सदन र सडकबाट नेपाली क्रिकेटर सन्दीप लामिछानेको पक्षमा वकालत गरेका थिए । अध्यक्ष लामिछानेले त्यही उदाहरण पेस गर्दै उपसभामुख रानामगरको बचाउ गरेका हुन् ।

उनले उपसभामुख रानामगरले भिजाका लागि समय मिलाइदिनका लागि मात्र अमेरिकी दूतावासलाई पत्र लेखेको प्रष्टीकरण दिए । उनले रास्वपाले उपसभामुख रानामगरको बचाउसमेत नगरेको जिकिर गरे ।

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख रानामगरले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न पर्ने बताएका थिए भने रास्वपा सांसद सुमना श्रेष्ठले उनको अभिव्यक्तिको प्रतिवाद गरेकी थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ०५ बजे

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा

दोलखामा पहिरो : सात घर बगाउँदा एकजना बेपत्ता, २४ परिवार उच्च जोखिममा

दोलखा– उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो

वास्तविक जीवनका ‘फुन्सुख वाङ्डु’ : सोनम वाङ्चुक

काठमाडौं- ‘यदि तपाईंले कुनै बच्चालाई असफल भन्नुभयो भने समस्या बच्चामा