काठमाडौं– निवर्तमान अर्थमन्त्री एवम् प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तथ्याङ्कको झटारो हानेका छन् ।
काँग्रेस-एमाले गठबन्धन सरकारमा प्रधानमन्त्री बनेका ओलीले संसद्मा विश्वासको मत लिने क्रममा पूर्ववर्ती सरकारका पालामा अर्थतन्त्र खराब भएको र नागरिक निराश बनेको तर्क गरेका थिए ।
ओलीले त्यस्तो बताएपछि निवर्तमान अर्थमन्त्री एवम् प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव पुनले ओलीलाई अघिल्लो कार्यकाल सम्झन अनुरोध गरे ।
तीन वर्षभन्दा बढी समयसम्म प्रधानमन्त्री बनेर साविक नेकपाको सरकार हाँक्दा ओलीले देशको अर्थतन्त्र धराशायी बनाएको तथ्याङ्क पुनले प्रस्तुत गरे । उनले ओलीसँगै उनका सल्लाहकार टीममाथि समेत कडा आलोचना गरे ।
‘के हो निराशा ? कुन तथ्याङ्कको आधारमा ? त्यस्तो को विज्ञ हो ? उहाँसँग कस्तो खालको टीम छ ? कस्तो विज्ञताले उहाँलाई फिडब्याक गरिराखेको छ ? त्यस्तो विज्ञताले देश कता लान्छ भन्ने कुरा यसबाट पनि प्रष्ट हुन्छ,’ पुनले भने, ‘जतिखेर २०७७/७८ मा उहाँले सरकार छाड्दै गर्दा शोधनान्तर बचत अवस्था १२३ करोड थियो भने आज वैदेशिक मुद्राको बचतको अवस्था ४२ हजार ५२७ करोड रुपैयाँ रहेको अवस्था छ । यो तथ्य हो कि होइन ? यो नराम्रो हो कि राम्रो हो ? आज १९ महिनाका लागि वस्तु आयात गर्न हामीसँग पर्याप्त पैसा छ । त्यतिखेर कति थियो ? तपाईं तुलना गरेर हेर्नुस् । प्रधानमन्त्रीलाई यो भाषण लेखिदिने साथीहरूले त्यो हेर्नुस् ।’
पुनले जे भनेः
प्रधानमन्त्रीज्यूले मन्तव्यका क्रममा चारवटा अवस्थाबारे निराशाजनक कुरा गर्नुभएको छ । आफ्नो सरकारले गठबन्धनले त्यो निराशाहरू चिर्ने भन्नुभएको छ, गठबन्धनलाई पुष्टि गर्न खोज्नुभएको छ ।
शब्द चयनका हिसाबले थुप्रै कुरा कर्णप्रिय छन् । राम्रैजस्तो लाग्ने खालका छन् । हामीले ती कुराहरूलाई इतिहाससँग, वर्तमानसँग तुलना गरेर एकातिर भनाइ र अर्कातिर गराइलाई व्यवहारसँग जोडेर हेर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीज्यूले ऋणको अवस्थाबारे, नेपालको अर्थतन्त्रको बारे, जनताहरूमा पैदा भएको निराशाबारे यहाँ प्रस्तुत गर्दै पछिल्लो दुई/तीन वर्षमा जुन काँग्रेस–माओवादी, माओवादी एमाले गठबन्धनको सरकार बनेको थियो । त्यस कुरालाई उहाँले निराशाका रूपमा व्यक्त गर्न खोज्नुभएको छ, त्यसलाई मैले केही तथ्याङहरूबाट हेर्दा त्यस्तो निराशाजस्तो देखिँदैन ।
जतिखेर सम्मानीय प्रधानमन्त्रीज्यू झण्डै दुई तिहाइको बहुमतका साथ नेकपाको तर्फबाट प्रधानमन्त्री बन्नुभएको थियो–त्यतिखेरको अर्थतन्त्रको अवस्था, त्यतिखेरको राष्ट्रको ऋणको अवस्था र आर्थिक वृद्धिदर अवस्था र आजको अवस्था हेर्दा बीचमा थुप्रै अन्तरराष्ट्रिय घटनाक्रम भएका छन् । रूस–युक्रेन युद्ध भएका छन्, त्यसैगरी हमास र इजरायलबीच द्वन्द्व भएका छन्, केही राष्ट्रिय परिघटनाहरू छन् । त्यसले अर्थतन्त्रलाई केही शिथिल बनायो । त्यसबाट विस्तारै अहिले अर्थतन्त्र उकालो लाग्दै गएको तथ्याङ्कहरूले बताउँछ ।
२०७४/७५ मा ओली प्रधानमन्त्री रहँदा देशको कुल राष्ट्रिय ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा २६ प्रतिशत हाराहारीमा थियो । पछिल्लो वर्ष एकैचोटी ३० प्रतिशत बढ्यो । अर्को वर्ष ३०.३ पुग्यो । ७६/७७ तिर ३८.१ प्रतिशत पुग्यो । साढे तीन वर्ष स्थिर सरकार सञ्चालन गरेर उहाँले छोड्ने क्रममा हाम्रो राष्ट्रको ऋण ४०.३ प्रतिशत पुग्यो । आज त्यही कुरा ४१ प्रतिशत हाराहारीमा मात्रै छ । उहाँले तीन/साढे तीन वर्षमा राष्ट्रको ऋण १० प्रतिशतभन्दा बढी बढाउनुभयो । ऋण लिएर घ्यू खानेजस्तो अवस्था बन्यो । आज ३/४ वर्षको अन्तरालमा एक प्रतिशतमात्र वृद्धि भएको छ । त्यो आज तथ्याङ्कले बताउँछ ।
यो पनि-
अर्थतन्त्रप्रति यस्ता छन् ओलीका ‘लिखत चिन्ता’ र पाँच प्राथमिकता
के हो निराशा ? कुन तथ्याङ्कको आधारमा ? त्यस्तो को विज्ञ हो ? उहाँसँग कस्तो खालको टीम छ ? कस्तो विज्ञताले उहाँलाई फिडब्याक गरिराखेको छ ? त्यस्तो विज्ञताले देश कता लान्छ भन्ने कुरा यसबाट पनि प्रष्ट हुन्छ ।
उहाँले सत्ता छाड्दै गर्दा, सरकार छाड्दै गर्दा ४.८ प्रतिशत हाराहारीमा थियो । तीन वर्षमा थुप्रै संक्रमणहरू भए । अहिले ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत वर्ष १.९ प्रतिशत थियो, अहिले ४ प्रतिशत, यो सकारात्मक रहेको अवस्थामा उहाँ कसरी निराशाको कुरा गर्नुहुन्छ ? हो, समग्र अर्थतन्त्र केही समस्यामा छ । शिथिलता छ, विश्वव्यापी प्रभाव छन् । हाम्रो आफ्नै अर्थतन्त्रका समस्याहरू छन् ।
तथ्याङ्कहरूलाई यसरी बङ्ग्याएर भावनाको व्यापार चल्दैन । आज विद्वान नागरिकहरू छन्, नयाँ पुस्ता छ, जसले तथ्याङ्कको मात्रै कुरा गर्छ । भाषण आश्वासनमा मात्रै होइन । जतिखेर २०७७/७८ मा उहाँले सरकार छाड्दै गर्दा शोधनान्तर बचत अवस्था १२३ करोड थियो भने आज वैदेशिक मुद्राको बचतको अवस्था ४२ हजार ५२७ करोड रुपैयाँ रहेको अवस्था छ । यो तथ्य हो कि होइन ? यो नराम्रो हो कि राम्रो हो ? आज १९ महिनाका लागि वस्तु आयात गर्न हामीसँग पर्याप्त पैसा छ । त्यतिखेर कति थियो ? तपाईं तुलना गरेर हेर्नुस् । प्रधानमन्त्रीलाई यो भाषण लेखिदिने साथीहरूले त्यो हेर्नुस् ।
आज हामी वस्तु र सेवाको वस्तु र सेवाको लागि १३ महिनाको आयात धान्न सक्ने आर्थिक अवस्था राम्रो हो कि त्यतिखेरको राम्रो अवस्था १३३ करोडको बचत राम्रो कि ४२ हजार करोडको चाहिँ बचत राम्रो, तथ्यमा भिडाएर हेर्न म अनुरोध गर्दछु। त्यसैगरी चाहिँ त्यतिखेर वैदेशिक व्यापार घाटा १३ हजार ९८१ थियो ७७ ७८ मा आज १३,१४४ को हाराहारीमा छ भन्दा चाहिँ त्यतिखेर व्यापार घाटा बढी थियो कि अहिले थियो चाहिँ यो कुराहरु तथ्यांकहरु हेर्न हेर्न सबैलाई अनुरोध गर्न चाहन्छु ।
यसरी नै थुप्रै तथ्याङ्कहरू त्यतिखेर उहाँले छोड्दै गर्दा पुँजीगत खर्च जम्मा ५७५ थियो। आज पुँजीगत खर्च चाहिँ यस्तो संक्रमणमा पनि लास्ट १५ दिन जतिखेर बढी चाहिँ निकासा हुनुपर्ने थियो पेमेन्ट हुनुपर्ने थियो । त्यतिखेर चाहिँ यहाँ गठबन्धन हेरफेर गर्दा पनि ६०५ भन्दा बढी पुँजीगत खर्च यस वर्ष भएको छ यो तथ्याङ्क हो कि होइन ?
यसलाई हामीले डेटाहरूले समर्थन गर्नुपर्छ कि सामान्य भावनाको भाषणहरुले गर्न सक्छ । त्यसैले यही कुराहरु जसरी उहाँले प्रधानमन्त्री आफ्नो चाहिँ निराशाहरु व्यक्त गरिराख्नुभएको छ, यथार्थमा त्यसो होइन । आज हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रराख्या छ। हामी चाहिँ अलिकति चाहिँ अगाडि बढिराखेका छौं, त्यसैले हामी यसलाई सकारात्मक रूपले लिँदै, तर फेरि धेरै गर्नुछ ।
मैले आफ्नो बजेट भाषणमा सरकारको तर्फबाट बजेट प्रस्तुत गर्दै गर्दा १८ वर्षका गणतान्त्रिक समयका चाहिँ हाम्रो उपलब्धिहरु रोडको अवस्था १८-१९ किलो हजार किलोमिटरबाट सवा लाख किलोमिटर चाहिँ रोड नेपालमा यो चाहिँ १५-१६ वर्षमा बनेका डेटाहरु प्रस्तुत गरेको छ गरिबीको दर घटेको छ ।
आर्थिक असमानताको रेसियोहरु घटेर गएका कुराहरु मैले त्यहाँ प्रस्तुत गरेँ । त्यो फेरि एक्लै माओवादी केन्द्रको होइन, त्यसमा कांग्रेस छ । एमाले ६ यसबीच शासनसत्तामा बसेका सबै दलको योगदान छ । हामीले केही प्रगतिहरु गरेका छौं, त्यो कुराहरुलाई व्यक्ति केन्द्रित गरेर आफू केन्द्रित गरेर तथ्याङ्कहरू प्रस्तुत गरियो भने त्यसले भोलि आफैँलाई ब्याक फायर गर्छ ।
फेरि जवाफ दिनुपर्ने हुनसक्छ । आम नागरिक र शिक्षित छन्, प्रशिक्षित छन् । नयाँ युवा छ- जसले हरेक चिज आँकडामा हेरिराखेको छ । हाम्रो भाषण हेरिरहेका छन् । नागरिकहरुले हामीलाई जजमेन्ट गरिराख्या छन् । गत वर्ष १ खर्ब रुपैयाँ भन्दा बढीको आइटी सेवा निर्यात भएको छ । आगामी १० वर्षलाई हामीले आइटी दशक घोषणा गरेका छौं, आगामी त्यो बजेटलाई समर्थन या त्यसलाई अपनत्व प्रधानमन्त्री लिनुहुन्छ कि हुँदैन, मेरो प्रश्न त्यो हो ।
आगामी १० वर्षमा पाँच लाख प्रत्यक्ष र अप्रत्यक्ष १० लाख र १५ लाख रोजगारी सिर्जना गर्ने तथ्य छ आधारको कम्तिमा पनि ३० खर्ब रुपैयाँ बराबरको आइटी सेक्टरको सेवा निर्यात गर्न सक्ने आधार छ त्यस प्रकारका नलेजहरू छन्, स्किलहरू छन्। पुँजीहरु चाहिँ हामीसँग चाहिँ परिचालन गर्ने आधारहरु छन्।
के आज हामी ब्रेन ड्रेन भयो भनेर हामी चिन्ता गरिरहेका छौं । यथार्थ हो कि आज ग्लोबल भिलेज हो, जसले चाहिँ हाम्रा युवाहरु सबै नेपालमा बस्न सक्दैन । जतिसुकै राम्रो अपर्चुनिटी बनाउँदा पनि बस्न सक्दैन विदेश जान्छ । तर त्यो विदेश गएको युवाहरुको ज्ञान सीप क्षमता प्रविधि र चाहिँ त्यो पुँजीलाई हामी चाहिँ हामीले चाहिँ देशभित्र केन्द्रित गर्ने विदेश हुँदाहुँदै यहाँ केही जब र व्यवसाय गर्ने सक्ने अवस्थाहरू बनेका छन् ।
यो आइटी सेक्टर नै हो। त्यसैले यो नयाँ सेक्टर हो। यो कुरोलाई चाहिँ स्वामित्व लिनुहुन्छ कि हुँदैन ? प्रधानमन्त्री जी यो मेरो प्रश्न हो मेरो दलको प्रश्न हो । त्यो क्षेत्रमा हामी अहिले चाहिँ अगाडि जान सक्छौँ। तर के गर्न सक्ने अवस्था छ अहिले अर्थतन्त्र स्लोडाउन हुँदा पनि पर्यटन क्षेत्रमा राम्रो भएको छ, जलविद्युत क्षेत्रमा राम्रो भएको छ ।
जलविद्युत क्षेत्रमा राम्रो जलविद्युत क्षेत्र किन राम्रो भयो भन्दा कमरेड प्रचण्डको नेतृत्व २०६५ सालको सरकारले १५ वर्षसम्म इन्कम ट्याक्स नलिने निरन्तर नीति लिएका कारण यो सम्भव भएको हो । त्यसैगरी सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर भयौं । निर्यातको सम्भावना बढेको छ । त्यो किन भएको हो भन्दा सिमेन्ट उद्योगसम्म चाहिँ ट्रान्समिसन लाइन पुर्याउने बाटो पुर्याउने त्यो खालको चाहिँ सरकारले चाहिँ प्राथमिकता आज त्यो १५, १६, १७ वर्षदेखिको निरन्तरताले सम्भव भएको हो ।
नीतिमा जोड गर्नुस्, तब मात्रै आर्थिक स्थायित्व हुन सक्छ विकास हुन सक्छ न कि चाहिँ हामीले १०५ को वृद्धि कि वैदेशिक ऋण र आन्तरिक ऋणलाई वृद्धि गर्ने ऋणको मात्र वृद्धि गर्ने अनि केमा लगानी गर्छौं, प्राथमिकता छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण ल्याएर लगाएको हाम्रो चाहिँ अभ्यास छ । जसबाट हामी जंगल, झारहरू उखेल्ने यसो क्यापहरु लगाएर हिँड्ने ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही मान्छेलाई, केही कार्यकर्तालाई रोजगारी दिने, अनि विदेशी चाहिँ ऋणलाई त्यसमा खर्च गर्ने ढंगले हुँदैन ।
विकासको मोडल कस्तो छ सम्मानीय प्रधानमन्त्री एकपटक फर्केर हेर्नुस तीन साढे तीन वर्षमा दमकको भ्यूटावर कति अब कति अरबको प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यूटावर सुरु गरेपछि अनि देशै भरिका ७५३ नगरपालिका/गाउँपालिकाहरुमा त्यो भ्यूटावरको काम सुरु भएको होइन ? नेतृत्वले उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्ने वा लगानी गरेको हो ? त्यसपछि ठूला आवास र ठुला कार्यालय निर्माणतिर गयो ।
कार्यालयमा अर्थमन्त्री हुँदा एकजना एउटा चाहिँ आयोजक भक्तपुरको अदालतको ५ लाखको खानेपानी र चाहिँ विद्युतको खर्च हुँदो रहेछ। प्रधानमन्त्रीज्यू हुँदै नै सुरु गरिएको अदालत भवन बनेछ । उद्घाटन भएको छ । अनि २३ लाख रुपैयाँँ बिजुली र पानीमा मात्रै खर्च हुने भएछ । एउटा भवनले खर्च बढाउँदो रहेछ । एक सफाइकर्मीले पुग्नेमा थप अरु सफाइकर्मी हुने भएछ । देशैभरि कति कार्यालयहरू बने, अनुत्पादक रुपमा बने । त्यसले पूँजी निर्माण गर्यो ?
प्रतिक्रिया