पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा « Khabarhub

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

आज बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । ‘कर्णाली राजमार्गमा वर्षात्का समयमा पहिराको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ’, उनले भने, ‘आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रुपमा सञ्चालन भइरहेको छ ।’

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगडीका विभिन्न खण्डमा सडक अवरुद्ध हुने गरेकाले अवस्था बुझेर यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको हो ।

सडक डिभिजनको जुम्लाको कार्यक्षेत्र कर्णाली राजमार्गअन्तर्गत दैखोला–कालीकोट हुँदै नाग्मसम्म र नाग्म–गमगढी सडकका विभिन्न खण्ड पहिराको उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : २७ बजे

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र