माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन « Khabarhub

माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको दाबी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको रक्षा सदैव आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नलिन आग्रह गरे ।

‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौँ । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस्’, उनले नेपाललाई भने ।

यसअघि आइतबार नै संसद्‍मा बोल्ने क्रममा अध्यक्ष नेपालले ओलीबाट संविधानमा खतरा रहेको बताएका थिए । त्यसको जवाफ दिँदै ओलीले चिन्ता नगर्न भनेका हुन् ।

ओलीले सम्बोधनका क्रममा भ्रष्टाचार हुन नदिने बताए । आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उनले बताए ।

‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’, उनले भने,‘मैले जीवन भ्रष्टाचार गरेको छैन, आज पनि गर्दिनँ भोलि पनि गर्दिनँ । म फेरि भन्छु भ्रष्टाचार म गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : १३ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ