सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता « Khabarhub

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ ।

भेटमा उनीहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यस क्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए ।

उनले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा  विस्तारमार्फत पलायन हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गरेका थिए  ।
राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : २३ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई