ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद « Khabarhub

ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सत्ता पक्ष र प्रतिपक्षीसहित ११ जना सांसद अनुपस्थित भएका छन् ।

ओलीले विश्वासको मत लिँदा नेपाली कांग्रेसका सांसद विनोद चौधरी, गीता बस्नेत र अम्बिका थापा उपस्थित थिइनन् ।

यस्तै एमालेबाट २ सांसद उपस्थित भएनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित थिएनन् ।

उता अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

यस्तै, नेकपा माओ‌वादी केन्द्रका देवेन्द्र पौडेल, नेपाली कांग्रेसका दुर्लभ थापा र मनोरमा शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहोरा अनुपस्थित थिए ।

मतदानका क्रममा प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत पर्‍यो । आइतबारको संसद्‍ बैठकमा २ सय ६३ सांसद उपस्थित थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : २६ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।