राजनीति

ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद

By खबरहब

July 21, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सत्ता पक्ष र प्रतिपक्षीसहित ११ जना सांसद अनुपस्थित भएका छन् ।

ओलीले विश्वासको मत लिँदा नेपाली कांग्रेसका सांसद विनोद चौधरी, गीता बस्नेत र अम्बिका थापा उपस्थित थिइनन् ।

यस्तै एमालेबाट २ सांसद उपस्थित भएनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित थिएनन् ।

उता अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

यस्तै, नेकपा माओ‌वादी केन्द्रका देवेन्द्र पौडेल, नेपाली कांग्रेसका दुर्लभ थापा र मनोरमा शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहोरा अनुपस्थित थिए ।

मतदानका क्रममा प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत पर्‍यो । आइतबारको संसद्‍ बैठकमा २ सय ६३ सांसद उपस्थित थिए ।