पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो | Khabarhub Khabarhub

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ९.९९ पाकिस्तानी रुपैयाँ बढाएको छ ।

यससँगै पेट्रोलको मूल्य २ सय ७५.६ रुपैयाँ प्रतिलिटर पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

त्यस्तै, सरकारले डिजेलको मूल्य पनि प्रतिलिटर ६.१८ रुपैयाँले बढाएको छ । यससँगै डिजेलको मूल्य २ सय ८३.६३ रुपैयाँ प्रतिलिटर पुगेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले बढाउनु परेको सरकारले जनाएको छ ।

यद्यपि पेट्रोलियम पदार्थको आयातमा लगाइएको कर एवम् भन्सार महशुल दरमा भने कुनै हेरफेर नगरिएको डनले उल्लेख गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यसले समग्र मुद्रास्फीतिमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरुको चिन्ता छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४६ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको