ह्याकिङको मारमा अमेरिकी चुनाव अभियान | Khabarhub Khabarhub

ह्याकिङको मारमा अमेरिकी चुनाव अभियान


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति पदका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पको अभियान ह्याक हुनुमा इरानको संलग्नता रहेको आरोप इन्टलिजेन्स अधिकारीले लगाएका छन्।

एफबिआई र अन्य सङ्घीय निकायले विज्ञप्ति जारी गर्दै इरानले अमेरिकाको लोकतान्त्रिक प्रक्रियालाई नै अवरुद्ध पार्न चाहेको जनाएका छन्। अमेरिकाको लोकतान्त्रिक प्रतिष्ठानमा नै समस्या उत्पन्न गर्ने इरानको नीति रहेको जनाएको छ।

यसअघि नै ट्रम्प अभियानले गोप्य सूचना चोर्न इरानले प्रयास गरेको आरोप लगाएको थियो। इरानले यसलाई अस्वीकार गरेको थियो। ट्रम्प अभियानमा एउटा समस्या आएको थियो। उनीहरूको म्यासेजमा क्लिक गर्दा अनावश्यक लिङ्क खुलेर हैरान हुने समस्या नआएको होइन। ‘गुप्तचर निकाय इरानीले दुवै उम्मेदवारको सामाजिक इन्जिनियरिङ र अन्य सबै कुराको प्रयोग गर्दै नजिक पुग्ने कुरामा लागी रहेको छ।’

यसअघि नै ट्रम्प अभियानले गोप्य सूचना चोर्न इरानले प्रयास गरेको आरोप लगाएको थियो। इरानले यसलाई अस्वीकार गरेको थियो।

१० अगस्टमै इरानमाथि रिपब्लिक पार्टीले आरोप लगाएको थियो। अमेरिकी गुप्तचर निकायले पाएको सूचना अनुसार इरानले कमला ह्यारिसको अभियानमा पनि साइबर आक्रमणको प्रयास गरेको छ। ह्यारिसले नै गत साता आफ्नो अभियानमा असफल आक्रमणको प्रयास भएको जनाएकी छिन्।

सोमबार एफबिआई, अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्लिजेन्स,साइबर सेक्युरिटी र इन्फा स्ट्रक्चर सेक्युरिटी एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै यो कुनै नयाँ कुरा नभएको तथा इरान र रुसले विगतदेखि कै अमेरिकाको निर्वाचनमा कर्मचारी नै खटाएर यस्ता कार्य गर्दै आएको जनाएका छन्।

ट्रम्पले ह्याकर सार्वजनिक भइसकेको सूचनासम्म मात्र पुगेको बताएका छन्। न्यु योर्क टाइम्स, पोलिटिको र द वासिङ्टन पोस्टले ट्रम्पका गोप्य सूचना लिग भएकोमा विश्वास गर्नसक्ने थुप्रै आधार भएको जनाएका छन्। अमेरिकी अधिकारी इरानले यस निर्वाचनलाई चासो पूर्वक हेरिरहेको कुरामा पूर्ण सहमत छन्। त्यसै चुनावी घटनाका आधारमा आफूहरूले धेरै निर्णय गर्ने तयारीमा समेत इरान छ।

माइक्रोसफ्टले पनि इरानी ह्याकरको अमेरिकी निर्वाचनमा विशेष चासो रहेको जनाइसकेको छ। राष्ट्रपति जो वाइडेनले ह्वाइट हाउसको रेस त्याग्नु अघि उनको चुनावी अभियानमा पनि ह्याकरको निसानामा परेको थियो।

ट्रम्पले ह्याकर सार्वजनिक भइसकेको सूचनासम्म मात्र पुगेको बताएका छन्। न्यु योर्क टाइम्स, पोलिटिको र द वासिङ्टन पोस्टले ट्रम्पका गोप्य सूचना लिग भएकोमा विश्वास गर्नसक्ने थुप्रै आधार भएको जनाएका छन्।

अमेरिकी गुप्तचर निकायले यो ठहर गरे पनि इरानले पनि सो आरोप गलत भएको प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्र सङ्घका लागि इरानको स्थायी मिसनले इरानको अमेरिकी निर्वाचनमा कुनै चासो नभएको जनाएको हो। वर्तमान तथा पूर्व केही अमेरिकी अधिकारी पनि चार वर्ष अघि गोप्य सूचनाकै लागि इरानीहरूले निर्वाचन अधिकृतलाई धम्क्याएको बताउँछन्।
यो घटनाको छानबिनमा संलग्नका अनुसार इरानी ह्याकरले जुन महिनामा ट्रम्पका निकट सहयोगी तथा चुनावी अभियन्ता रोजर स्टोनको इमेल आइडी ह्याक गरेका थिए। त्यसै बाट उनीहरूले धेरै सूचना लिएका थिए।

पोलिटिकोको रिपोर्ट अनुसार रोबर्टको नामबाट गरिएका मेलहरू ह्याक भएका थिए। सोही समयमा रिपब्लिक पार्टीको गोप्य सूचना समेत लिक भएका थिए। साथमा रिपब्लिक पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सको रिसर्च फाइल पनि लिक भएको थियो।

एफबिआईले माइक्रोसफ्ट, गुगल र एओएलबाट प्राप्त मेल हेरेर ट्रम्पलाई यस कार्यमा संलग्नताकाका बारेमा पत्ता लगाउन पनि भनेको थियो। इस्लामिक रेभुलेसनरी गार्ड ग्रुप (आइआरजिसी)मा आबद्ध कुख्यात समूहसँग मिल्दो किसिमको प्रविधि प्रयोग भएको प्रस्ट भइसकेको छ।


प्रविधि मिले पनि अमेरिकी अधिकारी यस विषयमा अन्योलमा छन्। उनीहरू ह्याकिङका लागि एकदमै परिचित समूह भने होइन। गुगलमा गत साता प्रकाशित एक रिपोर्टका अनुसार जो वाइडेन र कमला ह्यारिससँग सम्बन्धित अधिकारी पनि अहिले ह्याकरको निसानामा परेका छन्। ती अधिकारीको इमेल एकाउन्ट निसानामा छ।

इतिहासमा भएका यस्ता धेरै ह्याकिङको घटना चर्चामा छ। यसरी सबै भन्दा धेरै चर्चामा रहेको ह्याकर भने केभिन मिटनिक हुन्। उनले नोकिया र मोटरोला जस्ता कम्पनीबाट कम्प्युटर कोड ह्याक गरेका थिए। सन् १९८२मा त उनले अझ सनसनी फैलाउने ह्याक गरेका थिए र नर्थ अमेरिकन एरो स्पेस डिफेन्स कमान्ड उनले ह्याक गरेका हुन्। उनी एफबिआईको मस्ट वान्टेड लिस्टमा समेत थिए र उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनको कलामा आधारित रहेर नै ‘वार गेम’ फिल्म समेत बनेको थियो। सोसियल इन्जिनियरिङको काम गर्ने उनको सफलताले ह्याकिङप्रति धेरैको चासो रहेको जनाइएको छ।

एनोनिमस अर्को परिचित ह्याकिङ समूह हो। चाट ग्रुप तयार गर्ने तथा यसैको आधारमा मानिस सम्पर्क गरेर गोप्य सूचना चुहाउने काम त्यस समूहले गर्ने गरेको थियो। रुसले युक्रेनको विरुद्धमा आक्रमण गरेपछि यस समूहले साइबर वारको घोषणा गरेको थियो। यस समूहमा आबद्ध केहीलाई गिरफ्तार गरिएको छ। तथापि प्रस्ट नेतृत्वको पहिचान नै नभएका कारण यसलाई रोक्न कठिन भएको छ।

यो समूहले सामाजिक न्याय भन्दै संसारका धेरै ठुला सरकारको विरुद्धमा जेहाद नै छाडेको छ। यत्ति मात्र होइन, समूहले मिलियन डलर कर्पोरेट संस्थामाथि पनि आक्रमण गर्ने गरेको छ।

अस्त्रको ह्याकिङ इतिहासमा अर्को चर्चित ह्याकिङ हो। सन् २००२ मा यो समूहले फ्रान्सेली सैन्य तथा नागरिक अनुदानको डकुमेन्ट ह्याक गरेको थियो। यसले कर्पोरेट हाउसको गोप्य सूचना समेत बाहिर ल्याउने काम गरेको थियो। सन् २००८ मा उनी ग्रिसमा गिरफ्तार भए। ग्रिसका अधिकारीले उनको नाम सार्वजनिक गरेका छैनन्। उनी ५८ वर्षीय गणितिज्ञ भएको जनाइएको छ।


गेरी म्याककिनन अर्का कुख्यात ह्याकर हुन्। सन् २००१ को फेब्रुअरीदेखि २००२ को मार्चसम्म उनले नासा र अन्य डिफेन्स अनलाइनको ह्याक गरेका थिए। उनको यसै ह्याकिङका कारण ७ लाख अमेरिकी डलरको क्षति भएको थियो। यसको कारण बारे उनले युएएफओको वास्तविकता पत्ता लगाउन खोजेको बताए। यसपछि उनलाई मानव अधिकार उल्लङ्घनको आरोप लागेको थियो। ३४ वर्षको उमेरमा उनको रहस्य पत्ता लागेको थियो।

संसारमा यस्ता धेरै ह्याकिङ चर्चामा रहेका थिए। अहिले अमेरिकी निर्वाचनको सन्दर्भमा भएको ह्याकिङको पनि सबै रहस्य सायद केही दिनमा नै पत्ता लाग्नेछ।
स्रोत : बिबिसी, सिएनएन, युनिभर्सिटी अफ टेक्सस

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ०३ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन