सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : ५७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय