दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विस्तार सम्भवः ढकाल « Khabarhub

दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विस्तार सम्भवः ढकाल


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थीरताको प्रतिवद्धता जनाएकाले तीव्र आर्थिक विस्तार सम्भव रहेको बताएका छन् ।

‘स्टार्टअप नेसन २०३०’ लाई सम्बोधन गर्दै ढकालले पछिल्लो राजनीतिक समीकरण र आर्थिक वृद्धिबारे उल्लेख गरेका हुन् । सरकार, महासंघ र सरोकारवाला निकायको आयोजनामा तेस्रो स्टार्टअप नेसन २०३० आयोजना गरिएको हो ।

महासंघ अध्यक्ष ढकालले बजेटमा स्टार्टअपका कार्यक्रम राख्न थालिएको करिब एक दशकपछि स्टार्ट स्टार्टअपलाई परिभाषित गरिएको पनि उल्लेख गरे । गत वैशाखमा लगानी सम्मेलन क्रममा संशोधन भएका आठ कानूनमध्ये एक औद्यागिक व्यवसाय ऐनमा स्टार्टअपको परिभाषा समावेश उनले जनाए ।

महासंघले मस्यौदा तयार गरी सरकारलाई बुझाएको स्टार्टअप नीति पारित भएको पनि ढकालले बताए । ऐन र नियमावलीमै समावेश भएकाले सरकारले स्टार्टअपलाई सहायता प्रदान गर्न सहज भएको पनि उनले दाबी गरे ।

‘उत्साही भएर सरकारले स्टार्टअप अनुदान प्रदान गर्न यसपटकको बजेटमा एक अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ । अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यक भएका युवाहरूसम्म यो रकम पुग्ने मैले विश्वास लिएको छु,’ ढकालले भने ।

स्टार्टअप विकास गर्न युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्न आवश्यक रहेको जनाउँदै ढकालले शुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १२ : २१ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार