पाकिस्तानी संसद्‍ भवनमा मुसा आतंक, चपाइदिए महत्त्वपूर्ण कागजपत्र « Khabarhub

पाकिस्तानी संसद्‍ भवनमा मुसा आतंक, चपाइदिए महत्त्वपूर्ण कागजपत्र


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको संसद् यसबेला एउटा अनौठो समस्यासँग जुधिरहेको छ । यो समस्यामा त्यहाँका नेताहरूको कुनै संलग्नता छैन । यहाँको खास समस्या संसद् भवनभित्र मुसाका कारण उब्जिएको हो ।

मुसाले नयाँ सांसदहरूका लागि डरको वातावरण बनाइदिएका छन् । मुसाको आतंक संसद्‍ भवनभित्र नेताहरूको कार्यालयमा देख्न पाइएको छ ।

यस समस्य जब पत्ता लाग्यो तब एक आधिकारिक कमिटीले सन् २००८ मा बसेको बैठकको एक निर्णय देखाउन भन्यो । जब त्यो फाइल निकालियो तब त्यसलाई आधाभन्दा धेरै मुसाले खाइदिएर धुलोमा परिणत गरेको भेटियो ।

त्यहाँको नेशनल एसेम्ब्लीका प्रवक्ता जफर सुल्तानले बताएअनुसार संसद् भवनभित्रका मुसा बिरालोसमेत तर्सिने गरी ठूला ठूला आकारका रहेका बताए ।

पाकिस्तानमा यो समस्या यति ठूलो भएको छ कि हरेक वर्ष संसद्का लागि मुसा मार्नकै लागि सरकारले १२ लाख स्थानीय रुपैयाँ छुट्याउने गरेको छ

समाचार अनुसार धेरै मुसा संसद् भवनको पहिलो तलामा छन् । यहाँ सिनेटका विपक्षी नेताको कार्यालयसहित अधिकतम् राजनीतिक दल र स्थायी कमिटीको बैठक पनि बस्छ ।

यही तलामा खाना खाने हल पनि छ । दिउँसो मानिसहरू हुँदा यहाँ मुसा देखिँदैनन्। तर जब राति हुन्छ तब त्यहाँ मुसाको विध्वंस सुरु हुन्छ । मुसाले रातभरीमा त्यो हलका कुनै पनि सामान बाँकी राख्दैनन् ।

नेशनल एसेम्ब्लीका एक अधिकारीले भने, ‘जब साँझमा कोही हुँदैन, तब मुसा यसरी दौडिन्छन् कि त्यहाँ कुनै म्याराथ चलेको होस् । यहाँ काम गर्ने पुराना कर्मचारी मुसासँग बानी परिसकेका छन् तर नयाँ कर्मचारी भने तर्सिने गरेका छन् ।

पाकिस्तानी पत्रिकाले मुसा मार्ने उपाय छाप्दै विज्ञापन नै छापेको छ । संसद्ले सबै मुसालाई ठेगान लगाउन विषादी निर्माता कम्पनी पनि खोजिरहेको छ । अहिलेसम्म केबल दुई कम्पनीले यी मुसाको सामना गर्ने कुरामा चासो देखाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल