समाचार

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने 

By खबरहब

August 21, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पुनः एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसअघि सचिवालय बैठकले पनि उनलाई एक पटक स्पष्टीकरण सोध्ने भनेको थियो । 

रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन आयोगको प्रतिवेदन पनि सुनियो सबैको राय अनुसार यो निर्णय भएको हो ।’ 

पछिल्लो समय रास्वपामा पूर्व महामन्त्री मुकुलले सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्ट जनाउँदै आएका छन् । ढकाल पहिला रवि निकट व्यक्ति हुन् ।