नारायणगढ–मुग्लिन खण्डमा गुडिरहेको माइक्रोमाथि ढुंगा खस्दा दुईजना घाइते « Khabarhub

नारायणगढ–मुग्लिन खण्डमा गुडिरहेको माइक्रोमाथि ढुंगा खस्दा दुईजना घाइते


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा  दुईजना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । 

दुवैजना सोही माइक्रोबसका यात्रु हुन् । घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनीहरूको अवस्था सामान्य छ । माथिबाट ढुङ्गा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ ।

 उक्त सडकखण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति हुँदै आएको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु