लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु « Khabarhub

लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०- ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् । 

‘अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्’, उनले भने, ‘हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदै, विश्राम लिँदै जानुपर्छ ।’ 

लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्यांक राख्न सुरु गरेको प्रमुख डा. कडरियाको भनाइ छ । 

उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए। मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उनको भनाइ छ । 

‘लामो दुरीको पदयात्रामा निस्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ’, प्रमुख डा कडरियाले भने, ‘ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।’ 

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । 

आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । प्रमुख डा कडरियाले अघिल्लो आव २०७९-८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताए। 

सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय दस पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भायता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : १६ बजे

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा