केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन « Khabarhub

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन

केही ठग तत्वले समग्र सहकारीलाई बदनाम गरेको जिकिर


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउनका लागि आफूले प्रधानमन्त्री पद सम्हाल्नुपरेको बताएका छन् ।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाले काम गर्नुपर्ने बताए ।

उनले स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने अवस्था बनाउने पनि बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन उनले जोड दिए ।

उनले आफूले झन्डा हल्लाउन मात्रै सरकारको नेतृत्व नगरेको पनि बताएका छन् । ‘देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, उनले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’

उनले सरकारी लगानीका कुनै पनि स्टार्ट असफल हुन नहुने पनि बताए । ‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ’, उनले भने ।

ओलीले स्टार्ट अप उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गरे। केही ठग तत्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।

 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : १६ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त