पुनर्निर्माण अधुरै रहेको धरहरा सर्वसाधारणका लागि खुलाइँदै « Khabarhub

पुनर्निर्माण अधुरै रहेको धरहरा सर्वसाधारणका लागि खुलाइँदै

ओलीले उद्घाटन गरेको तीन वर्ष बित्दा तयार भएन सबै पूर्वाधार


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निर्माण पूरा गर्न बाँकी रहेको धरहरा सर्वसाधारणका लागि खुलाउने तयारी गरेको छ।

बुधबार पत्रकारहरूसँग छलफलका क्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम नसकिए पनि आवश्यक बन्दोबस्त मिलाएर धरहरा खुलाइने तयारी थालिएको बताए ।

अबको केही दिनमै धरहरा अवलकोनका लागि सर्वसाधारणलाई खुलाइने उनले जानकारी दिए ।

‘धरहराको पूरै क्षेत्र होइन, केही भाग घुम्ने गरी खुलाउँदैछौँ । धरहरा चढ्न चाहनेहरूका लागि खुलाउने तयारीमा लागिरहेका छौँ,’ मन्त्री सिंहले भने ।

२०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।

उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर उक्त धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन गरिएपछि आलोचना भएको थियो ।

ओलीले उद्घाटन गरेको तीन वर्षपछि उनी सत्तामा फर्किँदा पनि धरहरा पुनर्निर्माण सकिएको छैन ।अब फेरि पुनर्निर्माण अधुरै रहेका बेला खुलाउने तयारीमा सरकार लागेको हो ।

उनले त्यसक्रममा सिंहदरबारभित्रको नयाँ संसद् भवन निर्माण पनि ८२ प्रतिशत सकिएको बताए । उक्त भवन ठेक्का लिएको समय सीमाभित्रै सक्न दबाब आइरहेको उनले बताए ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि ‘उपत्यका मेयर्स फोरम’सँग छलफल भइरहेको उनले बताए ।

निर्देशिका बनाएर स्थानीय तहसँगको समन्वयमा फोहोर मैला व्यवस्थापन अघि बढाइरहेको जानकारी उनले दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु