१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से « Khabarhub

१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो । 

आज नेप्से २.११ अंकले बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको छ । आज कारोबार पनि करिब १९ अर्बको भएको छ । बुधबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूहमात्रै बढेको छ भने अन्य बाकी सबै समूह राताम्य रहेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स आज एकै दिन ४.९९ प्रतिशतले बढेर ३९२६.८८ विन्दुमा पुगेको छ । 

आज ३३७ वटा कम्पनीको शेयर २ लाख १४ हजार ३१९ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ३ : १६ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक