एभरेष्ट बैंकको नयाँबानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट « Khabarhub

एभरेष्ट बैंकको नयाँबानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एभरेष्ट बैंकले काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवाहरू सुचारु गरेको छ । 

साविकको स्थानबाट करिब १५० मिटर पश्चिम  नवनिर्मित भवनबाट सेवा सुचारु गर्दै कम्पनीका अध्यक्ष डा। बाल गोपाल वैद्यले बैंक विश्वासको सहयात्री भएको उल्लेख गर्दै ग्राहकलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको बताए । 

साथै सोही अवसरमा कम्पनीले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को शुभारम्भ गरेको छ ।उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवातसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था छ । 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा १४ लाखभन्दा बढी ग्राहकहरू छन्  । कम्पनीले देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : ४९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते