आईपीओ रोकिँदा जलविद्युत आयोजना समस्यामा परे : इप्पान अध्यक्ष कार्की  « Khabarhub

आईपीओ रोकिँदा जलविद्युत आयोजना समस्यामा परे : इप्पान अध्यक्ष कार्की 


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरूको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । 

उनले भने, ‘विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरू सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौँ । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरू अगाडि लैजान सकिएको छैन ।’

उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना आयोजनाहरू समस्यामा परेको बताएका हुन् ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरूले जलविद्युतको शेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए । 

उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायहरू उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरू आइरहेको पनि कार्कीले बताए । उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरू पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : ०६ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल