ताइवान प्रवेश गर्न खोज्ने चिनियाँ पूर्वसैनिक अधिकारी पक्राउ « Khabarhub

ताइवान प्रवेश गर्न खोज्ने चिनियाँ पूर्वसैनिक अधिकारी पक्राउ


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध रुपमा प्रवेश गर्न खोजेको आरोपमा ताइवानमा एक जना चिनियाँ पूर्व सैन्य अधिकारी पक्राउ परेका छन् । डुङ्गा चढेर अवैध रुपमा ताइवान प्रवेश गर्न खोजेको आरोपमा चिनियाँ नौसेनाका पूर्वक्याप्टेनलाई पक्राउ गरिएको हो ।

यद्यपि राष्ट्रिय सुरक्षा वा सैन्य मामिलासँग भने यो घटना सम्बन्धित नरहेको ताइवानले स्पष्ट पारेको छ । रुवान थर भएका उनलाई ताइवानको राजधानी ताइपेई नजिकै बग्ने ताम्सुई नदीबाट पक्राउ गरिएको हो ।

ह स्ट्याण्डर्ड हङकङका अनुसार उनी चीनबाट भागेर ताइवान पुगेको विश्वास गरिएको छ । पछिल्ला केही महिनामा चीनबाट ताइवान पुग्ने भगौडाको सङ्ख्या बढ्दै गएको बताइन्छ ।

चीन र ताइवानबीच तनाव बढ्दै गइरहेका बेला चिनियाँ पूर्वसैनिक अधिकारी ताइवान पुगेका हुन् । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ भने कुनै पनि बेला बल प्रयोग गरी चीनमा गभ्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ३ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप