बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना « Khabarhub

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : १६ बजे

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको

ग्यास अभावको विरोध : आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

काठमाडौं– सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–