संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा « Khabarhub

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको दाबी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित राप्रपा नेपाल उपत्यकाको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताए ।

थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेका ठूला नेता संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत आरोप लगाए ।

सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हङ्गामा भए तापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने बित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए ।

उनले छानविन समितिको प्रतिवेदनले एकातिर ‘क्लिन चिट’ पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे।

थापाले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामका साथ संविधान दिवस मनाए तापनि जनताको कुनै उत्साह नरहेको दाबी गरे । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुवैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणित भएको बताए ।

संविधान संसोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने व्यवस्थाले मात्र मुलुकलाई जोगाउने उल्लेख गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ४८ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई