ब्रेकिङ स्टोरी

बेलैमा सचेत बनौं, प्रतिरक्षात्मक उपायहरु अपनाऔं

By खबरहब

September 21, 2024

आज विश्व अल्जाइमर्स चेतना दिवस। ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाइन्छ।

उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कका नसाहरुमा समस्या आएर देखिने यो रोग पछिल्लो समय अस्वस्थकर खानपिन, व्यस्त जीवनशैली र तनावका साथै शारीरिक व्यायामको कमी लगायतका कारणले वयस्कमा समेत देखिन थालेको छ।

अघिल्ला वर्षको तथ्याङ्कअनुसार विश्वभर ५ करोड मानिस अल्जाइमर्सबाट पीडित छन्। यसमा पनि ६० प्रतिशत बिरामी कम तथा मध्यम आय भएका देशका छन्, जसमा नेपाल पनि पर्छ।

नेपालमा अल्जाइमर्सको अवस्था नेपालको कुरा गर्नुपर्ने हो भने सन् २०१५ मा ७८ हजार जना अल्जाइमर्सका बिरामीहरु रहेको आकलन गरिएको थियो। त्यही तथ्यांकलाई आधार मान्ने हो भने सन् २०३० सम्म त्यसको दोब्बर अर्थात् १ लाख ३५ हजार जनामा यसको समस्या देखिने अनुमान गरिएको छ।

नेपालमा जति बिरामी पहिचान हुनुपर्ने हो त्यो अनुसार भइरहेको छैन। स्वास्थ्य मन्त्रालयको डेटा हेर्ने हो भने जम्मा ३०४ सय जनाको मात्रै तथ्यांक छ।

नेपालमा जति बिरामी पहिचान हुनुपर्ने हो त्यो अनुसार भइरहेको छैन। स्वास्थ्य मन्त्रालयको डेटा हेर्ने हो भने जम्मा ३०४ सय जनाको मात्रै तथ्यांक छ।

धेरैले यसलाई सामान्य रुपमा हेर्छन् र बुढ्यौलीमा सबैलाई हुने समस्या हो भन्दै वास्ता गर्दैनन्। जब धेरै समस्या पर्न थाल्छ, तब मात्रै उपचारका लागि आउँछन्।

अल्जाइमर्स भनेको के हो ? अल्जाइमर्स भनेको सामान्य भाषामा भन्नुपर्दा बिर्सिने रोग भन्ने बुझिन्छ। जुन बुढ्यौलीमा देखिने रोग हो। यसलाई डिमेन्सिया पनि भनिन्छ। त्यसमा सबैभन्दा धेरै देखिने अल्जाइमर्स डिमेन्सिया हो।

उमेर बढ्दै जाँदा हाम्रो मष्तिष्कको नसाहरुमा समस्या आएर सुकेपछि यसले हाम्रो बौद्धिक क्षमतामा असर गर्छ। यसका धेरै कारणहरु हुन सक्छन्। वंशाणुगतदेखि लिएर वयस्क उमेरमा हाम्रो खानपिन तथा जीवनशैलीले पछि गएर मस्तिष्कमा असर गर्न सक्छ।

त्यस्तै उमेर बढ्दै जाँदा नसामा केही पत्रहरु बस्दै जान्छ र त्यसले नसाको क्षमता घटाउँदै लैजान्छ। जसले गर्दा हाम्रो बौद्धिक क्षमतासँगै शारीरीक तथा दैनिक क्रियाकलापहरुमा असर हुँदै जान्छ।

यो समस्या प्रायजसो उमेर बढ्दै जाँदा देखिने हो। ६५ वर्ष माथिका व्यक्तिमा यो समस्या सामान्य मानिन्छ। तर, कहिलेकाहीँ कम उमेरमा पनि समस्या देखिन्छ, त्यसलाई चाहिँ केही गम्भीर मानिन्छ।

उमेर बढ्दै जाँदा नसामा केही पत्रहरु बस्दै जान्छ र त्यसले नसाको क्षमता घटाउँदै लैजान्छ। जसले गर्दा हाम्रो बौद्धिक क्षमतासँगै शारीरीक तथा दैनिक क्रियाकलापहरुमा असर हुँदै जान्छ।

लक्षणहरु यसको पहिलो लक्षण भनेको बिर्सिने नै हो। जस्तै– बिरामीले तत्कालको कुराहरु बिर्सिन सक्छ। त्यस्तै बोलीचालीमा समस्या आउने, केही कुराको योजना बनाउन कठिन हुने, कुनै कुरामा निर्णय गर्न कठिन हुने, बिस्तारै आफ्नो नजिकको मान्छेहरुलाई पनि भुल्दै जाने हुन सक्छ।

यो बिर्सिने मात्रै रोग हो भन्ने धेरैको बुझाइ छ। तर, हाम्रो मस्तिष्कको काम भनेको सम्झना मात्रै होइन। मान्छेले गर्ने हरेक कार्यका लागि मस्तिष्कको आवश्यकता हुन्छ। यो रोग बढ्दै गयो भने हाम्रो दैनिकीमा नै असर गर्छ।

उपचार के छ ? अल्जाइमर्सको उपचार भनेको रोकथाममै फोकस गर्ने हो। यो रोग बढ्दै गयो भने निको हुन अप्ठ्यारो हुन्छ। धेरै डिमेन्सियाहरु नसा सुकेर हुने भएकाले ती नसालाई पहिलेकै अवस्थामा फर्काउन सकिँदैन।

त्यस्तै कुनै डिमेन्सियाको जस्तो लक्षण देखिने डिप्रेशन पनि हुन सक्छ। त्यसैले यसको सुरुवाती अवस्थामै पहिचान गरी उपचार गर्न सक्यो भने निको पार्न सकिन्छ।

अर्को डिमेन्सिया भनेको रिभर्सिवल अर्थात फर्केर आउनेखालको हुन्छ, जुन भिटामिन डी को कमी, रक्तचाप, थाइराइडका बिरामीहरुमा पनि पछि गएर डिमेन्सियाको समस्या देखिन सक्छ। त्यसैले यस्ता समस्याको सुरुमै निदान गर्न सक्यो भने त्यो हदसम्म पुग्दैन र उपचार गरेमा निको हुने सम्भावना पनि हुन्छ। तर, यस्तो डिमेन्सिया एकदमै कम अर्थात ५ प्रतिशतमा मात्रै देखिन्छ।

उमेर बढ्दैजाँदा देखिने डिमेन्सिया पूर्णरुपमा निको पार्न सकिँदैन। तर, सुरुवाती अवस्थामा पत्ता लाग्यो भने रोकथाम गर्न सकिन्छ।

उमेर बढ्दैजाँदा देखिने डिमेन्सिया पूर्णरुपमा निको पार्न सकिँदैन। तर, सुरुवाती अवस्थामा पत्ता लाग्यो भने रोकथाम गर्न सकिन्छ।

यसबाट बच्नका लागि सुरुवातदेखि नै हाम्रो जीवनशैलीदेखि लिएर खानपिन, निन्द्रा, लगायत शारीरीक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्छ। केही रोगहरु, जस्तै– प्रेसर, थाइराइड आदि छ भने त्यसको चाँडो उपचार गर्नुपर्छ। प्र्रारम्भिकरुपमा त्यस्ता केही लक्षणहरु देखिए सुरुमै उपचार गर्नुपर्र्छ।

अल्जाइमर्सका बिरामीको हेरचाह कसरी गर्ने ? अल्जाइमर्सका सामान्य लक्षणहरु देखिनेबित्तिकै सुरुवाती अवस्थामै उपचार गर्नुपर्छ।

बिरामीहरु बिर्सिँदै गएपछि राम्रोसँग बोल्न नसक्ने, कुराकानी गर्न नसक्ने अवस्थामा हुन्छन्। त्यस्तो अवस्थामा उनिहरुसँग रिसाउने, झर्किने गर्नुहुँदैन। बिरामीहरुलाई गिज्याउने, होच्याउने काम गर्नुहुँदैन। केही कुरा गर्दा उनीहरुले लामो वाक्यहरु नबुझ्न सक्छन्। त्यो अवस्थामा बिस्तारै बोलेर बुझाइदिनुपर्छ।

आज यो बार हो, यो दिन हो, बिहान, दिउँसो हो भनेर समय अपडेट गराइदिनुपर्छ। आफन्तहरु कसैलाई बिर्सेको छ भने झर्को नमानी बेलाबेलामा चिनाइदिनुपर्छ।

रोग बढ्दै जाँदा खाना खान बिर्सिने, दिसापिसाब जहाँ पायो त्यहीँ गर्ने लगायत दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले पारिवारिक सहयोग एकदमै आवश्यक हुन्छ।

रोग बढ्दै जाँदा खाना खान बिर्सिने, दिसापिसाब जहाँ पायो त्यहीँ गर्ने लगायत दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले पारिवारिक सहयोग एकदमै आवश्यक हुन्छ।

यो एउटा मानसिक रोग नै हो। विगतको तुलनामा यसप्रति सचेतना बढे पनि जति हुनुपर्ने, त्यति भएको पाइँदैन। आगामी दिनमा कसरी सचेतना बढाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ। यसका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने चिकित्सक र सरकार लगायत सरोकारवालाहरुबीच सहकार्य हुन जरुरी छ।

अल्जाइमर्सको तथ्यांक हेर्दा एकदमै बढ्दो क्रममा रहेकाले यो रोगबाट हामी कोही पनि अछुतो छैनौं। यही अवस्था रहने हो भने पालोको पैंचो भनेजस्तै हिजोको दिनमा नाबालक छोराछोरी स्याहारेका आमाबुवालाई भोलि छोराछोरीले बच्चाहरु जस्तै गरी स्याहार्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। त्यसैले विद्यालय तहबाटै यस रोगका बारेमा पढाउने गाउँ समाजमा यसबारेमा चेतना फैलाउने काम गर्न आवश्यक छ। (मनोरोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीसँग  खबरहबकर्मी पवन मुडभरीले गरेको कुराकानीमा आधारित)