प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू) « Khabarhub

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर । यो मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको छ ।

माइस्थान समेत भनेर चिनिने कमलामाई मन्दिर गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यो मन्दिर बीपी राजमार्गमा पर्दछ ।

यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाका कारण यस मन्दिरमा आउने भक्तजनहरूको ठूलो घुँइचो लाग्ने गर्दछ ।

कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरू भने अधुरै छन् । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।

यस मन्दिरमा मकवानी राज्यका राजादेखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरूले चढाएको वस्तुहरूमा लेखिएको अक्षरहरूबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व थाहा हुन्छ ।

१८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालीन काजी भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।

कमलामाई मन्दिरमा प्राय सबै समयमा दर्शनार्थीहरूको भीड लाग्छ तर पनि माघे सङ्क्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तीर्थालुहरू आउने गर्दछन् ।

तस्बिर : फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ०६ बजे

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए