संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड « Khabarhub

संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सङ्ख्याका हिसाबले अहिले संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् । 

संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको तर्क गरे ।

पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिँदासम्म प्रतिरोध जारी राख्ने स्पष्ट पारे ।

उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताए । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको उनको भनाइ छ ।

त्यस्तै उनले टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको धारणा राखे ।

उनले टीआरसी टुङ्ग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टीआरसी कानुन बनिसकेकाले अब आफूहरूको ध्यान आयोगहरू बनाउनेतर्फ केन्द्रित रहेको बताए ।

आयोग बनाउने र आयोगमा सही नेतृत्व ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएपछि सहिद तथा बेपत्ताहरूको राष्ट्रिय सम्मान र परिवारलाई परिपूरणको बाटो खुल्ने बताए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : २६ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष