इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाउदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुत स्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न भएको आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहनु भएको  थियो ।

हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेता को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको हत्याको  भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गर्नु भएको छ ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ, जसमा अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको छ ।
हेज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार अकील घटनाको क्रममा कमान्डरहरूसँगको बैठकमा थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु  हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलको बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : ३९ बजे

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय