इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाउदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुत स्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न भएको आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहनु भएको  थियो ।

हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेता को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको हत्याको  भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गर्नु भएको छ ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ, जसमा अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको छ ।
हेज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार अकील घटनाको क्रममा कमान्डरहरूसँगको बैठकमा थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु  हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलको बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : ३९ बजे

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक