अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेनसी अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग भेट गरेका छन् ।
भेटवार्ताका क्रममा दुबै पक्षले साझेदारीका लागि एकअर्कालाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धबारे समीक्षा गरे। 

नेताहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धन द्विपक्षीय सम्बन्धको मूल रहेको कुरामा जोड दिँदै यसका तीन स्तम्भहरूः रक्षा र सुरक्षा, आर्थिक र जलवायु र स्वच्छ ऊर्जा क्षेत्रमा भएको प्रगतिबारे छलफल गरे । 

दुबै नेताले दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गरे र जलवायु परिवर्तन र स्वच्छ ऊर्जा संक्रमणलगायत नयाँ चुनौतीको सामना गर्न गठबन्धनलाई आधुनिकीकरण गर्न विगत दुई बर्षमा भएको प्रगतिबारे छलफल गरे । 

उनीहरूले महत्वपूर्ण खनिज आपूर्ति शृङ्खला निर्माणका लागि सहयोग विस्तार गर्ने र जापानको हिरोसिमामा मे २०२३ मा हस्ताक्षर गरिएको कम्प्याक्ट अनुसार स्वच्छ ऊर्जामा सङ्क्रमणलाई गति दिने प्रतिबद्धता पनि दोहोर्‍याए ।

दुई नेताहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो समर्थन, रुसको क्रूर आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न निरन्तर सहयोग र गाजाका जनतालाई दिगो युद्धविराम र मानवीय सहायता बढाउनका लागि आफ्नो समर्थनबारे पनि छलफल गरेका छन् ।  

साथै दुई देशका वरिष्ठ नेताहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा दृष्टिकोणलाई अगाडि बढाउन द्विपक्षीय साझेदारीलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच, अल्बनिजले बाइडेनसँग तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलिया र अमेरिका शान्ति, समृद्धि र स्थिरताका लागि एकसाथ उभिएको बताएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : २५ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता