वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ । 

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको जानकारी दिए। गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत  राजस्व संकलन भएको थियो । 

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए। 

‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ’, उनले भने। 

भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख संकलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन भएको थियो । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले