सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी « Khabarhub

सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको बताइएको छ।  

‘ड्युटीमा’ रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।  

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो । 

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताए।  

 प्रभावित क्षेत्रका बासिन्दाहरूलाई  सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उल्लेख छ ।  

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : ३४ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी