मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव « Khabarhub

मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेलबारी – मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो । 

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७० देखि ८० युनिटसम्म मात्र संकलन हुने गरेकाले माग धान्न नसकिएको बताए । 

यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारीलगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उनले जानकारी दिए।

‘विगतमा भन्दा बिरामीको सङ्ख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ । अब रक्तदान कार्यक्रम आयोजना गर्ने क्रम बढाउनुपर्ने आवश्यकता छ’, प्रमुख यादवले भने ।  

प्रदेशभर विभिन्न सङ्घसंस्थाले मासिक रूपमा औसत १५ देखि २२ वटासम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको भन्दै उनले गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने भएकाले रगतको अभाव हुने गरेको बताए। 

प्रसूति, मिर्गौला डायलासिसका बिरामी, थाल्सेमिया (रगत नबन्ने) बिरामीका साथै दुर्घटनाका घाइतेहरूलाई धेरै रगत चाहिने गर्दछ । थाल्सेमिया विशेषगरी बालबालिकामा देखापर्ने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको सम्पर्कमा रहेका ९० जना बालबालिकाले थाल्सेमियाका कारण १५-१५ दिनमा नियमित रगत चढाइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिए।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जनस्तरमा रक्तदानसम्बन्धी पर्याप्त जनचेतना जगाउन सके रगत संकलनमा केही सहज हुने बताए। 

बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेषकुमार श्रेष्ठले रगत अभाव पूर्ति गर्न आफूहरूले पनि रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताए । उनले शुक्रबार पनि रक्तदान कार्यक्रम आयोजना गरी ५५ युनिट रगत संकलन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : ४६ बजे

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार

संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ

काठमाडौं– सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका