सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ « Khabarhub

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ गरेर काठमाडौँ उपत्यकाका नदी सफा नहुने सरोकारवालाले बताएका छन् । बागमती सफाइ महाअभियानको पाँच सय ९३ औँ हप्ताका अवसरमा आज सुन्दरीजलमा आयोजित नदी सफाइ एवं सम्वाद कार्यक्रमका वक्ताले सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याणकुमार गुरुङले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिएकाले यसको कार्यान्वयनका लागि सफाइ स्रोतमै गरिनुपर्ने बताए ।

बागमतीको मुहानदेखि नै सफाइका लागि पार्टीले कार्यक्रम बनाउने जानकारी पनि उनले गराए । पानीको बोत्तल खोलेर आउने प्लाष्टिकलगायत फोहरको व्यवस्थापन सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने उनको भनाइ थियो । वातावरण र जलवायु परिवर्तन मानिसको भविष्यसँग जोडिएको विषय भएकाले काम पनि त्यसै अनुसार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सांसद निशा डाँगीले वाग्मतीलाई पहिलेकै अवस्थामा लैजाने गरी सफाइ अभियान चलाइनुपर्ने बताईन । बोलेरमात्र काम नहुने भएकाले काम गरेरै देखाउनुपर्नेमा उनको जोड छ ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बागमती सफाइका लागि २४ वर्षअघिदेखि नदी महोत्सवलगायत जनचेतनाका काम गर्दै आएको जानकारी दिए । फोहरलाई स्रोतमै व्यवस्थापन, ढल नमिसाउने, पानीको बहाव बढाउने, कानुन कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।

बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले वाग्मती वाग्द्वारदेखि नै फोहर भएकाले मुहानदेखि नै सफाइ अभियान चलाउनुपर्ने बताइ । असार १ गते वाग्द्वार क्षेत्रमा सफाइ गरी तीन बोरा फोहर सङ्कलन गरिएको पनि उनले सुनाए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ३० बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु