मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु « Khabarhub

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ ।

थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले उद्घाटन गरे । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए ।

“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्व छ”, उनले भने, “पुरुष, महिला भलिबल, तारा खेल (घनुषवाण) (४० वर्ष माथिका० र आर्चरी (खुल्ला), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”

छवटा क्लबले सहभागिता जनाएको पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिनेछ । तीनवटा क्लब सहभागी महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

धनुुषवाण र आर्चरीमा विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ । मार्फाको मिलीजुली युवा क्लब सहआयोजक रहेको प्रतियोगिताअन्तर्गत कृषि मेला प्रदर्शनी पनि आयोजना भएको छ । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३५ हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको ¥यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो ।

संस्थाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्वसचिव राजु लालचन, आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको तीनवटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्लब मार्फासँगै पराजित भएको नीलगिरि युवा क्लब टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लब कोवाङले निर्मल स्पोट्र्स क्लब लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो ।

महिला भलिबलमा नीलगिरि युवा क्लबले राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफिया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्लबले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका