रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन « Khabarhub

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति थियो ।

बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशनको आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ ।

उनले विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको बताए ।

संस्थाको सुदृढीकरण, संस्थामा लामो समयदेखिको विवादलाई अन्त्य गर्नका लागि र सामूहिक प्रतिबद्धतासहितका सुधारका कार्यहरू अगाडि बढाउने बैठकको निर्णय छ ।

अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान कार्यसमिति समिति प्रतिबद्ध रहेको स्पष्ट पारे ।

वर्तमान कार्यसमितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए ।

संस्थाको मौजुदा विधानमा मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यतालगायत आधारमा समसामयिक सुधारका लागि एक समिति गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

उनले संसारका अधिकांश मुलुकमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी सञ्चालन भइरहेका सन्दर्भमा नेपालमा हालसम्म पनि रेडक्रस ऐन जारी हुन नसकाले सरकारसँग समन्वय र सहयोगका लागि सो समिति गठन गरिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : १८ बजे

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र