सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन « Khabarhub

सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सामाखुसी यातायात प्रालिले सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्‌घाटन गरे । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए। 

‘काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,’ उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो । 

अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए। 

सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए। प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ०६ बजे

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

देवदह– आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको

कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागू गर्न प्रतिबद्ध : हुन सेन

एजेन्सी– सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले

सिटमा कुरो नमिलेपछि नेकपाले राष्ट्रिय सभामा छुट्टै उम्मेदवार उठाउँदै

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेकपाले छुट्टाछुट्टै उम्मेदवार लिएर जाने भएको

समता स्कुललाई कम्प्युटर हस्तान्तरण

भोजपुर– प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको

पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र