पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा « Khabarhub

पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी रक्षामन्त्री लोयड अस्टिन युक्रेनको रूससँगको युद्धमा समर्थन जनाउन सोमबार बिहान किएभ पुगेका छन् । अमेरिकी निर्वाचनको केही हप्ताअघि भएको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मित्रराष्ट्रहरूलाई लामो दूरीका हतियारको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरिरहेका बेला अस्टिनको भ्रमण भएको हो ।

यदि अर्को महिना हुने अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना रहेको र यसका लागि युक्रेनले यही प्रशासनसँग मिलेर केही रणनीतिक निर्णय लिन आतुर देखिन्छ । 

‘म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनको भ्रमण गरेको छु,’ अस्टिनले एक्समा रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन् । 

उनले आफ्नो अघोषित भ्रमणले अन्तर्राष्ट्रिय समुदायसँगै संयुक्त राज्य अमेरिका पनि युक्रेनको पक्षमा खरोरूपमा उभिएको देखाएको बताए। 

अमेरिकी रक्षा मन्त्रालयले अस्टिनले युक्रेनी नेतृत्वसँग भेटघाट गर्ने र युद्धभूमिमा रूसी आक्रमणबाट बच्न युक्रेनलाई आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने अमेरिकी प्रतिबद्धतालाई जोड दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले युक्रेनलाई समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै रुसको निरन्तर आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : १९ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने