एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि… « Khabarhub

एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि…


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् । 

सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको गृहजिल्ला अछाममा कार्यकर्ताहरूले जिल्ला अध्यक्ष झपट बोहरा र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई लखेटेका हुन् । 

पार्टीका प्रदेश अध्यक्ष जैशीका साथमा जिल्ला अध्यक्ष बोहरा कार्यकर्ता भेलामा सहभागी हुन सोमबार साँफेबगर पुगेका थिए । तर, रावलनिकट एमाले कार्यकर्ताहरूले स्पष्टीकरण सोध्ने पार्टी सचिवालय बैठकको निर्णयको विरोध गर्दै साँफेबगरमा प्रदर्शन गरेका थिए । 

एमाले सचिवालयको आइतबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको बैठकले नेता रावलसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ०६ बजे

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर