सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म | Khabarhub Khabarhub

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । 

यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् ।

परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको, २–३ अक्टोबर २०२४ मा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री डा देउवाले गत भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको द्विपक्षीय भेटवार्ता भएको थियो ।

यस अवधिमा ओमानका परराष्ट्रमन्त्री सयीद बद्र विन हमद विन हमद अल्बुसैनीले गत भदौ १० र ११ गते नेपालको भ्रमण गरेका थिए। परराष्ट्र मन्त्री डा देउवाले गत असोज ५ देखि १७ गतेसम्म क्यानडा, संयुक्त राज्य अमेरिका र कतारको उच्चस्तरीय भ्रमण गरेका थिए ।

सरकार गठनको यस अवधिमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिस तथा संसदीय सुनुवाइ सम्पन्न भई सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको छ । साथै मन्त्रालय तथा नियोगहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ ।

यसै अवधिमा नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक गत साउन २३ गते परराष्ट्र सचिवस्तरमा ओमानको मस्कटमा सम्पन्न भएको थियो । त्यस्तै राहदानी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ०५ बजे

आज २०८१ साल कात्तिक ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई

पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

बैतडी – यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको

भारतको प्रत्यक्ष कर संकलन बढ्यो

काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ

बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ – तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको