अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोधमा नाराबाजी « Khabarhub

अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोधमा नाराबाजी


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ । राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन् । उनले नारा लगाउदै तिमी आफुहरुको राजा नभएको बताएकी थिइन् ।

सिनेटर थोरपेले भनिन्, ‘तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ ।’ उनले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह समेत गरेकी थिइन् । साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाएकी थिइन् ।

राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद पुगेकी थिइन् । नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरुलाई संसदबाट बाहिर निकालेका थिए । संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अष्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन् ।

उनले अरु देशका राजाले आफुलाई आदेश दिन नसक्ने बताइन् । लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन् । उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन् ।

सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई ‘औपनिवेशिक महामहिम’ भनेर सम्बोधन गरेकी थिइन् । यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो । राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन् । उनको यो भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमा छिन् ।

अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो । तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ । अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ । यद्यपि, १९९९ जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए ।

सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ०५ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।