ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै | Khabarhub Khabarhub

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १५ देशका वैज्ञानिकहरूको सहभागितामा आगामी ९ कात्तिकदेखि तीन दिनसम्म अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन आयोजना हुने भएको हो।

९ देखि ११ कार्तिकसम्म सञ्चालन हुने सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्नेछन्। सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संरक्षक डा. देवलप्रसाद भट्टराईले सम्मेलनले वैज्ञानिकहरूलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको जानकारी दिए।

उनका अनुसार यो सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् भने नेपालका वैज्ञानिकहरूको पनि उपस्थिति हुनेछ। सम्मेलनमा मुख्य त वातावरण र ऊर्जा क्षेत्रको विषयमा बढी छलफल हुनेछ। विश्वका अन्य मुलकहरूले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा कस्तो विज्ञान अपनाइरहेका छन् भन्नेबारे छलफल गरिने डा। भट्टराईले बताए।

९ कात्तिकमा हुने उद्घाटन समारोहमा शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुने बताइएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : १७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई