भारतको प्रत्यक्ष कर संकलन बढ्यो « Khabarhub

भारतको प्रत्यक्ष कर संकलन बढ्यो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ । भारतको केन्द्रीय प्रत्यक्ष कर संकलन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२४–२५ को अक्टोबर १० सम्म प्रत्यक्ष करमार्फत् खुद ११ लाख २६ हजार करोड भारु संकलन गरिएको छ ।

यो परिमाण अघिल्लो वर्षको तुलनामा १८.३५ प्रतिशत धेरै हो । तथ्यांकअनुसार यस अवधिमा कुल १४ लाख ५७ हजार करोड भारु संकलन गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २२।३० प्रतिशत धेरै हो ।

यस अवधिमा भारत सरकारले २ लाख ३१ हजार करोड भारु फिर्ता गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यो परिमाण अघिल्लो वर्षकोे तुलनामा ४६ प्रतिशतले धेरै हो ।

यस पटक प्रत्याभूति कारोबार करमार्फत सबैभन्दा धेरै प्रत्यक्ष कर संकलन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस शीर्षकबाट १६ हजार ३ सय ७३ करोड भारु कर संकलन गरिएको थियो । यस आर्थिक वर्षमा भने उक्त शीर्षकबाट ३० हजार ६ सय ३० करोड भारु कर संकलन गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम