ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी | Khabarhub Khabarhub

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई चेतावनी दिएका छन् ।एशिया भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले चीनलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले शान्ति तथा स्थायित्व कायम राख्न दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवानको स्ट्रेटमा स्वतन्त्र रुपमा पानीजहाज तथा हवाईजहाज सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । उनले उत्तेजना बढाउनका लागि ताइवान आसपास सैन्य अभ्यास नगर्न पनि चीनलाई आग्रह गरे ।

पछिल्लो समय ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

स्वशासित रुपमा लोकतान्त्रिक शासन सञ्चालन गरिरहेकोे ताइवानलाई चीनले आफ्नै मुलुकको हिस्सा मान्दै आएको छ । आफ्नो मुलुकमा विलय गराउनका लागि आवश्यक परे ताइवानमाथि बल प्रयोग गर्ने चिनियाँ नीति छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ११ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’